२०८३ जेष्ठ २८ बिहीबार

धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारणसभा सम्पन्न

धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

धुलाबारीस्थित पासाङ्ल्वामु जेसिज प्रतिष्ठानमा आयोजित साधारण सभाको उद्घाटन् झापा क्षेत्रनम्बर १ का संघीय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले गरेका थिए ।

धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरेको सभापतित्व रहेको कार्यक्रमम झापा क्षेत्रनम्बर १ (खा)की सांसद सविना बजगाईँ , धुलाबारी खानेपानी उपभोक्ता समितिका संस्थापक अध्यक्ष राम कट्टेल, नेपाली काँग्रेसका मेचीनगर सभापति सुवेश कुमार पनेरु, नकपा एमालेका नगर अध्यक्ष राजु पोख्रेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया लगायतले बोलेका थिए ।

सो अवसरमा खानेपानीलाई जग्गा प्रदान गर्नु हुने जग्गादाता केदारनाथ भट्टराई, माथिल्लो मागुरमाडी वन उपभोक्ता समिति बिट नम्बर २ तथा जग्गादाता स्व. नवलकिशोर राईलाई सम्मान गरिएको थियो । स्व राईको सम्मान उनका छोरा विष्णु राईलाई प्रदान गरिएको थियो ।
सो अवसरमा अध्यक्ष घिमिरेले आगामी योजना सहितको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०५२ सालमा एसियाली विकास बैंक र जाइका नेपालको ४५ करोड अनुदान सहयोगमा निर्माण सम्पन्न भई उपभोक्तालाई शुद्ध र स्वच्छ पिउने पानी उपलब्ध गराउँदै आइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिले उपभोक्ताको चापलाई मध्यनजर गर्दै दीर्घकालिन रुपमा खानेपानीको श्रोत व्यवस्थापनमा लागेको र हालै मात्र मेचीनगर – ९ मारहेको माथिल्लो मागुरमाडी खानेपानी संस्थालाई धुलाबारी खानेपानीमा मर्ज गरेको तथा खानेपानी वितरणलाई प्रभावकारी बनाउँदै लगिने लगायत धेरै विषयवस्तु अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमको सञ्चालन उपाध्यक्ष चेतराज विष्ट(चेतन)ले गरेका थिए ।

२०७९ फाल्गुन २७, शनिबार प्रकाशित 1 Minute 1123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।