२०८३ जेष्ठ २८ बिहीबार

वित्तीय संस्थाविरुद्ध अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंको आन्दोलन थप आक्रामक

 

वित्तीय संस्थाविरुद्ध अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन । नागरिक बचाउ अभियानले हरेक शनिवार मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासीहरु, सर्वहारा वर्गहरु, फुटपाथमा व्यापार गर्नेहरु जम्मा गरी माईतीघरवाट नयाँ वानेश्वरसम्म प्रदर्शको कार्यक्रम घोषणा गरिएको हो ।

चैत्र १ देखि १९ गतेसम्म मुख्य शहरमा सभा र चैत्र २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने चेतावनी प्रसाईले दिएका छन ।सयोजक प्रसाईले राष्ट्रलाई संघीयता बनाइएको सेतो हात्तीको खारेज गरी सबै धर्मलाई सम्मान गर्दै वैदिक सत्य सनातन राष्ट्र कायम गर्नुपर्ने माग समेत गरेका छन ।

नागरिक बचाउ अभियानले २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक, वित्तीय सहकारी बमिा कम्पनीलाई राष्ट्रियकरण गर्नुपर्ने, व्याजदर छ प्रतिशत कायम हुनुपर्ने, २० लाख भन्दा मुनिको ऋण मिनाह गर्नुपर्ने माग गरेको छ । व्यवसायी प्रसाईंले आफ्नो अभियानका अभियन्ताहरुलाई सरकारले पक्राउ गरेकोमा आपत्ति जनाउँदै तत्काल छोड्न माग गरेका छन ।

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 1 Minute 499 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।