२०८१ बैशाख १५ शनिबार

सरकारले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र सक्ने

 

सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई महत्वपूर्ण विधेयक संघीइ संसदमा दर्ता गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति प्रक्रियाका कामलाई यथाशीघ्र अगाडि बढाउने लक्ष्यका साथ उक्त बिधेयकहरुलाई अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन । शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र सक्ने गरी सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोगसम्बन्धी विधेयकलाई अघि बढाउने उनको भनाइ छ ।

मन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम ६ महिनाभित्रै सक्ने भनिएपनि बिभिन्न कारणले ढिलाई भएकाले अव यसलाई तीव्र रुपमा अघि बढाइने स्पष्ट पारिन । शान्ति सम्झौताका बिषयलाई अदालतको बिषय बनाउने काम उचित नभएको उनको जिकिर छ ।अघिल्लो सरकारले अघि बढाएको विधेयक संसद्को कार्यकाल समाप्त भएपछि निष्कृय भएका थिए । मन्त्रीपरिषदले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 1 Minute 306 Views

ताजा समाचार