२०८१ बैशाख १७ सोमबार

नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न सकिन्न :केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन । आज राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताएका हुन । अध्यक्ष ओलीले देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भुमिका वहन गर्नसक्ने राष्ट्रपति आवश्यक रहेको पनि बताए ।

अध्यक्ष ओलीले राष्ट्रपतिले देशको हीत, लोकतन्त्रको रक्षा र संविधानको पक्षमा उभिएर आफ्नो स्वार्थमा व्याख्या गर्नुपर्नेमा जोड दिए । उनले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरु संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको गुनासो समेत गरे । अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको दाबी गरे ।

 

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 1 Minute 133 Views

ताजा समाचार