२०८१ बैशाख १६ आईतवार

सिजन नरीवल पानीको

मुक्ति पौडेल

धुलाबारी । बाहिर जति कडा र कठोर जस्तो देखिन्छ भित्र त्यतिनै अमृततुल्य पानी हुन्छ नरिवलको । जबजब गर्मीको महिना शुरु हुन्छ चौक बजार तिर देखिन्छन्

‘नरिवल पानी’ पसल । बिशेष गरेर तराई क्षेत्रमा हुने नरिवल खेतीबाट पछिल्लो समयमा नरिवल किसानहरुले पनि राम्रै आम्दानी गर्न थालेकाछन् । केही वर्ष अघि सम्म गाउँघरमा नरिवल फले पनि त्यसले उचित मुल्य पाउन सकेको थिएन ।

गर्मी सिजनमा नरिवल पानीको माग र महत्वसँगै अहिले काँचा नरिवलको मुल्य समेत बढेको छ । गर्मीमा स्वास्थ्यका लागि लाभदायक नरिवल पानीको बिक्रिका कारण अहिले दुईचार बोट नरिवल लगाउने किसानहरुले समेत राम्रो मुल्य पाएकाछन् ।

झापा धुलाबारीमा नरिवल पानीको पसल गरेका किसन शहनी नरिवल पानीको बिक्रिबाट राम्रो आम्दानी भएको बताउँछन् । उनका अनुसार बढ्दो नरिवल पानीको मागले किसान , ब्यापारी, स्वास्थ सबैका लागि राम्रो भएको उनको भनाई छ। गर्मी सिजनमा नरिवल पानी खाँदा स्वास्थका लागि राम्रो हुने र स्थानीय उत्पादनलाई समेत यसले टेवा पुग्ने धुलाबारीका सामाजिक अगुवा धर्मेन्द्र खड्काको भनाई छ ।

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 0 Minutes 505 Views

ताजा समाचार