२०८३ जेष्ठ २१ बिहीबार

राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित

 

राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित निकालेको छ । ललितपुरस्थीत च्यासल मैदानमा बुधबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई १–० गोल अन्तरले हराउँदै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोको जितमा विलियम एसिडुले निर्णायक गोल गरे ।

खेलको ५५ औं मिनेटमा विलियमले गोल गरेका थिए । जितसँगै सातदोबाटोले २ खेलमा ६ अंक जोडेको छ । एपीएफको यो पहिलो हार हो । पहिलो खेलमा एपीएफले थ्री स्टारलाई हराएको थियो । त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै हिमालयनले पहिलो जित निकालेको छ ।

हिमालयनको जितमा डिफेन्डर अमृत श्रेष्ठले निर्णायक गोल गरे । जितसँगै हिमालयनले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा हिमालयनले मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । पुलिसको यो लगातार दोस्रो हार हो । पुलिसले २ खेलमा अंक जोड्न सकेको छैन ।

 

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 1 Minute 557 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।