२०८१ बैशाख १७ सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल :ओली

 

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा खेलेको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिका राष्ट्र र नेपाली महिलाहरुका लागि गर्वको विषय भएको बताएका हुन् । उनले भोजपुरको गाउँमा जन्मिएर भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको समेत बताए ।

अध्यक्ष ओलीले महिलाहरु अव प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने पनि बताए ।

२०७९ फाल्गुन २४, बुधबार प्रकाशित 1 Minute 182 Views

ताजा समाचार