२०८३ जेष्ठ २९ शुक्रबार

पाउँ पाथीभरामा महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

चारआली । मेचीनगर १३ चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही चैत्र ८ गते बाट १६ गत सम्म आयोजना हुन लागेको पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्धार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलक प्रसाद गिरीले बताए ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानवउद्धार रश शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होओस् भन्ने उदेश्यले महापुराणको आयोजन ागर्न लागिएको बताइएको छ ।

चैत्र ८ गतेबाट सुरु हुने पुराणको समुद्घाटन प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरेले गर्नेभएका छन् । महायज्ञमा आचार्य पं शान्तिराम नेपालको मुखारविन्दबाट प्रवचन साथै आचार्य पं पुण्यप्रसाद रिजालबाट पाठ पारायण हुने प्रचार प्रसार उप समितिका संयोजक यामनाथ बरालले बताए ।

चैत्र ८ गते शोभा कलश यात्रा ,मण्डव पुजन,पाठ परायण कथा प्रारम्भ साथै विविध झाँकीसहित उदघाटनको कार्यक्रम राखिएको छ । चैत्र ९ गते देखि १६ गते सम्म कथा प्रवचनको आयोजना गरिने बताइएको छ । झापा लगायत अन्य जिल्ला बाट आउने भक्तजनहरुलाई व्यवस्थापनका सहित पुराण आयोजनाका लागि बिभिन्न उपसमिति समेत गठन गरिएको छ ।

पुराण आयोजना साथै सो बिषयमा बिभिन्न माध्यमबाट भक्तजनसम्म जानकारी पुराउने उदेश्यले प्रचार प्रसारका लागि बिशेष ध्यान दिने प्रचार प्रसार उपसमितिका सदस्य खगेन्द्र घिमिरेले बताए ।

चारआलीस्थित नेपाली सैनिकको ब्यारकको उत्तरपश्चिम पट्टि रहेको एउटा अनौठो रुखको फेदमा गएर माटो समाई मन्त्र उच्चारण गर्दा त्यही ठाउँमा मात्रै वर्षाभएपछि उक्त ठाउँ देवीको शक्ति भएको भन्दै पाउ पाथिभरा मन्दिर स्थापना गरिएको थियो ।

उक्त ठाउँमा पाथिभरा माताको पाउ पर्न गएको हुँदा पाउ पाथिभरा मन्दिरको निर्माण गरिएको बताइएको छ । त्यस्तै अर्को तथ्य यस स्थलको उत्तरतर्फ उत्तरबाट दक्षिणतिर बगेको एक नदी अलौकिक तबरले पुनः उत्तरतर्फ बग्न पुगेको हुँदा पनि यो स्थान धार्मिक स्थलका रुपमा महत्वपूणर् बनेको हो । उत्तरतर्फ बग्ने नदीमा स्नान गर्नाले रोग, व्याध, पाप नाश हुने र कर्म प्राप्ति, वचन शुद्धता हुने मान्यता लिइने गरिन्छ ।

यस बर्षको पुराणमा २० हजार बढी भक्तजन आउँने अनुमान गरिएको छ ।

२०७९ फाल्गुन २३, मंगलवार प्रकाशित 0 Minutes 840 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।