२०८३ जेष्ठ २९ शुक्रबार

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति दिएको छैन : प्रधानमन्त्री

 

प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्विकृति नदिएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाईरहेका बेला प्रधानमन्त्री दाहालले विश्वविद्यालय खोल्न स्विकृति नदिएको बताएका हुन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले मुस्ताङका स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाईरहेको आफूले पाएको पनि स्पष्ट पारे । प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सके मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने पनि बताए ।प्रधानमन्त्री दाहालले मुस्ताङ मात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरु रहेको पनि बताए ।

२०७९ फाल्गुन २३, मंगलवार प्रकाशित 1 Minute 392 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।