२०८३ जेष्ठ २९ शुक्रबार

झापामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

झापा ।  झापामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने अर्को एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक दमक नगरपालिका- २ निवासी २० वर्षीय रिवाज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कमल गाउँपालिका- ७ स्थित मगर चोकमा शनिवार बेलुका साढे ५ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको प्रदेश १-०१-०१४ प ८२३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी चालक पौडेल र सोही स्कुटरको पछाडि सवार दमक नगरपालिका- ८ निवासी १८ वर्षीय सुरज चौधरी घाइते भएका थिए । घाइतेमध्ये चालक पौडेललाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लागिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

२०७९ फाल्गुन २१, आईतवार प्रकाशित 1 Minute 632 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।