२०८३ जेष्ठ २९ शुक्रबार

ओखलढुंगामा जीप दुर्घटना : दुईजनाको मृत्यु, आठ घाइते

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन् ।

दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ८४८३ जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढु्गांका प्रहरी प्रमुख डिएसपी दिपकबहादुर केसीले जानकारी दिए। केही घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्नसक्ने उनले बताए।

केसीका अनुसार घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको हो।

२०७९ फाल्गुन २१, आईतवार प्रकाशित 0 Minutes 394 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।