२०८२ बैशाख २८ आईतवार

यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले दियो सफाइ

 

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले आइतबार अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो । शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने बताइएको छ ।

शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । जिल्ला अदालत तनहुँले उनलाई यसअघि नै सफाइ दिएको थियो ।

२०७९ फाल्गुन १४, आईतवार प्रकाशित 1 Minute 500 Views

ताजा समाचार