२०८३ जेष्ठ २१ बिहीबार

राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार मन्त्रीले राजीनामा दिएका छन् । शनिबार दिउँसो बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

सरकारमा राप्रपाका तर्फबाट ऊर्जामा राजेन्द्र लिङ्देन, सहरी विकासमा विक्रम पाण्डे, कानुन मन्त्रीमा ध्रुबबहादुर प्रधान र सिंचाई राज्यमन्त्रीमा दीपक सिंह रहेका थिए । राप्रपाको आजै बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 1 Minute 348 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।