२०८१ बैशाख १७ सोमबार

मुस्ताङ विमान दुर्घटना :चालक दलको त्रुटि

मुस्ताङको जोमसोममा तारा एयरको ट्वीनअटर जहाजमा दुर्घटना हुनुमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती समक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखिएको उल्लेख छ ।

जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो । प्रतिवेदनअनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ बन्द गरिएको थियो ।सोहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन नसकेको प्रतिवेदनले औल्याएको छ । जहाजमा जडित प्रणाली सही तरिकामा उपयोग गर्न नसक्दा जहाज पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ ।

 

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 1 Minute 208 Views

ताजा समाचार