२०८१ बैशाख २० बिहीबार

आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक भएको उपेन्द्र यादवको दावी

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक भएको बताएका छन । आज सिंहदरबारमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा सकारात्मक छलफल भएको बताएका हुन । प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको तथा सरकारको विषयमा अब थप छलफल हुने अध्यक्ष यादवले बताए ।

अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले जुनसुकै काम गर्दापनि नेपाली काँग्रेसलाई सहमतिमा लिएर जान चाहेको पनि उल्लेख गरे । दाहालले आगामी दिनमा काँग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको उनको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरु छलफल गरेर राष्ट्रपति निर्वाचन अघि एउटा निकास निकाल्ने उनको भनाइ थियो ।

 

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 1 Minute 174 Views

ताजा समाचार