२०८३ जेष्ठ २१ बिहीबार

रमेश प्रसाईँलाई आइतमाया थेवे स्मृति सम्मान

दुहागढी, ११ फागुन । सामाजिक अभियान्ता एवम् प्रतिभाशाली व्यक्तित्व रमेश प्रसाईलाई गृह जिल्ला झापामा बिहिबार सम्मान गरिएको छ ।

चारआलीका थेवे परिवारबाट आफ्नी दिवंगत माताको स्मृतिमा स्थापित आइतमाया थेवे स्मृति प्रतिष्ठानले १२ औं वार्षिक उत्सव पारेर प्रसाईलाई नगदसहित सम्मान गरेको हो । प्रसाईलाई नगद २५ हजार १ सय २५ रुपैयाँ सहित सम्मान पत्रबाट कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी र विशिष्ट अतिथि अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले संयुक्त रुपमा सम्मान गरेका थिए । प्रतिष्ठानको उपाध्यक्ष अर्जुन थेवेले स्वागत गरेको कार्यक्रममा समाजसेवीहरु गणेशकुमारी न्यौपाने, हर्कलाल गिरी, रेकक्रस झापा शाखाका सभापति लोकराज ढकाल सम्मानित व्यक्तित्व प्रसाई, विशिष्ट अतिथि भण्डारी र प्रमुख अतिथि बुढाथोकीले मन्तव्य राखेका थिए ।

प्रतिष्ठानले माता आइतमायाको जन्मजयन्तिको अवसर पारेर हरेक वर्ष फागुन ११ गते उत्कृष्ट प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ । प्रतिष्ठानका अध्यक्ष लाल बहादुर थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव विश्व थापाले गरेको थियो ।

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 0 Minutes 651 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।