२०८२ बैशाख २७ शनिबार

ते¥ह दिनपछि शेयर बजार परिसूचक नेप्सेमा उच्च अंकले बृद्धि

ते¥ह दिनपछि शेयर बजार परिसूचक नेप्से आज उच्च अंकले बढेको छ । लगातार घटिरहेको नेप्से ३३ दशमलव ५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा पुगेको हो । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ६९ वटा कम्पनीका ४७ लाख ७९ हजार कित्ता शेयर एक अर्ब ८० करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको १३ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । ग्लोबल आइएमई बैंकको दुई लाख २७ हजार चार सय ९७ कित्ता शेयर किनबेच भएको छ । आज १ सय ६५ कम्पनीको मूल्य बढेको छ भने ४९ वटाको घटेको छ । तीन वटाको मूल्य स्थिर रहेको छ । आज लघु वित्त, व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ ।

बीमा, जलविद्युत् र होटल तथा पर्यटन समूहको शेयर उच्च अंकले बढेको छ । लिबर्टी इनर्जी, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

 

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 1 Minute 221 Views

ताजा समाचार