बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा आत्मदहको प्रयास गर्ने विजय चौधरीले पारिवारिक समस्या देखाएका छन् । प्रहरीसँग कुराकानी गर्ने क्रममा चौधरीले परिवारमा समस्या देखाएका हुन् ।
बिर्तामोड–७ निवासी चौधरीले आज ४ः३० बजे आत्मदहको प्रयास गरेका थिए । उनलाई पैदलयात्रीहरुले तत्कालै बचाएका थिए । बिर्तामोडका डिएसपी सुरज कार्की भन्छन्, ‘आगलागी हुनासाथ बाटो हिड्ने मान्छेले देखेर तत्कालै आगो निभाएछन् । नजिकका प्रहरीहरु नपुग्दै आगो निभेको थियो । उनले पातलो कुर्था लगाएका थिए ।’

डिएसपी कार्कीका अनुसार चौधरीको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ३४ वर्षीय चौधरीको शरिरको ढाडमा १५ प्रतिशत जलेको छ ।
चौधरी बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका ठुलो फ्यान हुन् । उनले आफ्नो पाखुरामा प्रसाईको टाटु नै बनाएका छन् । विएण्डसीका पूर्व सवारी चालक समेत रहेका चौधरीले अहिले धेरै कुरा गर्न नसक्ने प्रतिक्रिया दिएका छन्
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



