२०८१ बैशाख १७ सोमबार

सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दावी गरेका छन । आज काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको बताएका हुन । अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचन पछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ ? भन्ने टुंगो लाग्ने समेत बताए ।

अध्यक्ष नेपालले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने उल्लेख गरे । अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरी मण्डलेहरु जाग्न लागेको बताए ।

अध्यक्ष नेपालले पूर्वराजासँग सहकार्य गर्ने दूर्गा प्रसाईलाई एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्टका लागि लाजमर्दो विषय भएको तर्क समेत गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे । के–के न गरौंला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको आरोप अध्यक्ष नेपालको छ ।

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 0 Minutes 180 Views

ताजा समाचार