२०८३ जेष्ठ २१ बिहीबार

जनता र राजा एक हुनुपर्ने दुर्गा प्रसाईको भनाई

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔ महाअभियानका क्रममा दुर्गा प्रसाईले रूपन्देहीको भैरहमा संबोधन गर्दै जनता र राजा एक हुन पर्ने वताएका छन्। संघीय लोकतान्त्रि गणतन्त्र जनताको हीतमा काम गर्न नसकेको राजतत्र र हिन्दुराज्य मुलुकका लागि आवश्यक रहेको दावि गरे । मसलुकमा भ्रष्टाचार महगि बेथितिले सिमा नागेको वताउदै उनले मुलुकको विकास र राष्ट्रियता का लागि मुलुक २०४६ अघि फर्किन आवस्यब रहेको चर्चा गरे।

उनले बर्तमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुर्व प्रधानमन्त्री शेरवहादुर देउवा र केपि शर्मा ओलीको कार्यशैलीको कटु आलोचना गर्दै जनताको हितमा काम गर्न नसकेको आरोप लगाए । उनले विगतमा एमाले र माओवादिलाई सहयो गरेकोमा पछुतो लागेको पनि वताए ।

नेता एवं उद्योगी प्रसाईंले बैक ,माईक्रो फाईनान्स लगायतका बित्तिय संस्थाले चर्काे ब्याज लिएर उद्योगी ब्यवसायी र सर्वसाधारण जनतालाई ठगिगरेको आरोप लगाए । जनताले आफुहरूलाई साथ दिए चर्काे व्याज र ऋणवाट मुक्त गराई थुप्रैलाई रोजगारी दिने पनि दावि गरे ।

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 0 Minutes 393 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।