२०८१ बैशाख १७ सोमबार

बुढासुब्बा गोल्डकपको २३औं संस्करण फागुन दोस्रो साताबाट

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३औं संस्करण फागुन दोस्रो साता हुने भएको छ । तीन वर्ष रोकिएको प्रतियोगिता फागुन १३ देखि २० गतेसम्म सञ्चालनको तयारी भइरहेको हो ।कोरोना महामारीले भएको आर्थिकमन्दीका कारण रोकिएको प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको धरान फुटबल क्लवले जनाएको छ ।

२२ औँ संस्करणको उपाधि नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब जितेको थियो तर दुवै टिमले पुरस्कार वापतको रकम अझै पाएका छैनन । यो पटक प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख पुरस्कार दिने आयोजकको तयारी छ । यो पटक पनि प्रतियोगितामा ए डिभिजन क्लबसहित ८ क्लबको सहभागीता रहने छन् । प्रतियोगितामा काठमाडौंका दुई, पोखराको एक, भारतको दुई र प्रदेश एक का तीन क्लब सहभागी हुने निश्चित भएको छ । एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसके छ ।

२०७९ फाल्गुन ७, आईतवार प्रकाशित 0 Minutes 243 Views

ताजा समाचार