शनिबार भएको फाइनल खेलमा माथिल्लो मागुरमाडीलाई ३-२ को गोलअन्तरले हराउँदै धुलाबारीले उपाधि उचालेको हो ।
स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा पहिलो हाफको ८ मिनेटमै १ गोलको अग्रता लिएको माथिल्लो मागुरमाडीले अग्रतालाई कायम राख्न नसक्दा हार व्येहोरेको हो ।

पहिलो हाफमा १ गोलले पछि परेको धुलाबारी बजार क्षेत्रले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्यो । खेलको ४२ औँ मिनेटमा लगातार २ गोल र ६० मिनेटमा थप १ गोल गर्दै धुलाबारी बजार क्षेत्र ३ गोल गर्न सफल बनेको हो ।
खेलको अन्त्यमा मागुरमाडीले १ गोल फर्काए पनि बिजेता बन्न भने सकेन । जसअन्तर्गत ३-२ को गोलअन्तरले धुलाबारी बजार क्षेत्रले उपाधि जितेको हो ।
उपाधिसगैँ धुलाबारीले नगद ४० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने मागुरमाडीले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
गत माघ २७ गतेबाट शुरु भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



