२०८३ जेष्ठ २१ बिहीबार

सेन्ट जेभियर्सको स्वयमसेवी दलले विपन्न परिवारलाई दियो राहत सामग्री

विर्तामोड । विर्तामोड-८ देउनियामा रहेको सेन्ट जेभियर्स स्कुलको स्वयमसेवी समूहले भद्रपुरका ३५ विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालयका प्रिन्सिपल फादर बोनिफस तिग्गाको संयोजनमा गएका स्वयमसेवी समूहका विद्यार्थीहरूले भद्रपुर ८ रु ९ का ३५ विपन्न परिवारलाई राहत सामग्री तथा महिलाहरूलाई सेनिटेरी प्याड बितरण गरेका हुन् ।

विद्यार्थी समूहकी अध्यक्ष मुस्कान कोठारीले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै समाजका समस्या पहिचान गरी सामाजिक जागरणमा युवा विद्यार्थी हातेमालो गर्न सक्ने सामथ्र्य निर्माण गर्न सहयोगको बाटो रोजेको प्रष्ट पारेकी थिइन् भने विपन्न परिवारको स्थलगत पहिचान गरी कार्यक्रम कार्यान्वयनको जिम्मेवारी शिक्षक तथा समितिका सचिव सालिकराम दाहालले गरेका थिए ।

राहत सामग्री भद्रपुर ९ को बुद्ध बस्तिका विपन्न परिवार तथा भद्रपुर ८ एयरपोर्ट छेउ सुकुम्बासी बस्ती पश्चिममा रहेको चियाका बगान छेउको सन्थालगाउँमा वितरण गरिएको थियो ।

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 1 Minute 442 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।