घटनाको बारेमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रवक्ता अग्निप्रसाद पाण्डे लगायतको टोलीले घटना स्थलमा पुगेर जानकारी समेत लिएको छ ।
बिर्तामोड । नेपाली कागज बनाउन लोक्ता पकाउँदै गरेको फलामको ड्रम बिष्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर–७ का अध्यक्ष कृष्णप्रसाद खरेल अविरलले सञ्चालन गरेको खरेल नेपाली हातेकागज उद्योगमा भएको बिष्फोटमा परी त्यहाँ कार्यरत मजदुर सरोज सुन्दासको मृत्यु भएको हो । उद्योगमा सुन्दास लोक्ता पकाउने प्राविधिकका रुपमा कार्यरत थिए । घटनामा अन्य तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



