२०८३ जेष्ठ २१ बिहीबार

सरकारले आगामी बर्षको भाद्र महिनाभित्र सार्वजनिक विदाको पुनरावलोकन गर्ने

सरकारले आगामी बर्षको भाद्र महिनाभित्र सार्वजनिक विदाको पुनरावलोकन गर्ने भएको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक विदा निर्धारण गर्नका लागि भाद्र भित्र विदाको पुनरावलोकन गर्ने निर्णय भएको जानकारी दिएकी हुन । पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप गरि वर्षका सबै बिदा क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने र २०८० साल भाद्रभित्र सार्वजनिक विदाको पुनरावलोकन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

बैठकले संसदमा संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन बिधेयक २०७९ फिर्ता लिने र छिटै यससम्बन्धी अर्को बिधेयक सदनमा पेश गर्ने निर्णय गरेको छ । लगानी कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने बिषय तथा शर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णय भएको छ । बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक बर्ष २०७८÷७९ मा प्रचलित कानून बमोजिम नष्ट गरिएका बस्तुहरुको लागि राहत प्रदान गर्ने निर्णयपनि मन्त्रिपरिषदले गरेको छ ।

त्यस्तै मन्त्रीपरिषदले फाल्गुन १५ देखि १८ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औं सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग दिन स्वीकृति दिने निर्णय गरेको छ ।

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 0 Minutes 423 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।