काठमाडौं। दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ । दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो ।

नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो । नेपालले लक्ष्य पछ्याउने क्रममा आक्रमक सुरुवात गर्दै २ ओभरमा ३१ रन जोडेको थियो । पहिलो ओभरमा कुशल भुर्तेलले ४ चौका प्रहार गर्दा नेपालले २३ रन जोडेको थियो ।
दोस्रो ओभरमा आसिफले २ चौकासहित ८ रन जोडे । तर तेस्रो ओभरमा नेपालले दुई विकेट गुमायो । कुशल भुर्तेल १६ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए । स्कटल्याण्डका क्रिस सोलले दुवै विकेट लिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


त्यसअघि कीर्तिपुरस्थित टीयू मैदान माइकल लिस्को शतक मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७४ रन बनाएको थियो ।
