मेचीनगर । मेचीनगर नगरपालिका–११ स्थित हडिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो ३ बजे मेचिनगर-११ सृजना टोलका ४३ बर्षीय लालबहादुर श्रेष्ठ खोलामा डुबि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिगई आवश्यक कानुनि प्रकृया पश्चात लास पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



