२०८१ बैशाख १८ मंगलवार

एक्का नेपालको ‘काउन्सिलर तालिम’ धुलाबारीमा

धुलाबारी, ३ फागुन । एक्का नेपालको आयोजनामा चार दिने काउन्सिलर तालिम झापाको धुलाबारीमा बुधबार सम्पन्न भएको छ ।

माघ २९ गतेबाट सुरु भएको तालिममा झापा, मोरङ र धनकुटा जिल्लाका विद्यालयबाट १५ जनाको सहभागिता रहेको थियो । सहभागीहरु बीचमा विद्यालय वातावरण, युवा, बाल क्लब सुधार, अपांगता लगायत विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिममा एक्का नेपालका पूर्वाञ्चल फिल्ड संयोजक तरुण राई, काउन्सिलरहरु प्रियंका दनुवार, आशिष सेढाईं, गोविन्द घिमिरे, चाँदनी अन्सारी, शिला गुरागाईं, राम बुढाथोकीले सहजीकरण गरेका थिए ।

यस्तै, सुवर्ण भट्टराई, अनिता रेग्मी र लोकनाथ ढकालले पनि प्रशिक्षण प्रदान गरेको एक्का नेपालले जनाएको छ । एक्का नेपालले विद्यार्थीलाई जीवन उपयोगी शिक्षा प्रदान गर्न सहयोगी भूमिका खेल्दै आएको छ । धेरैजसो विद्यालयमा एक्का क्लबहरु गठन भएका छन् । ती गठित क्लबहरुले विद्यालयहरुमा विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएका छन् ।

२०७९ फाल्गुन ३, बुधबार प्रकाशित 0 Minutes 244 Views

ताजा समाचार