२०८३ जेष्ठ २१ बिहीबार

पूर्वी नाका काँकरभिट्टाबाट भन्सार छलीका सामान बरामद

मेचीनगर । मेचीनगर नगरपालिका-६ बाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी काँकरभिट्टाबाट सिमावर्ति क्षेत्रहरुमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली गरी चोरी निकासी गरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको कपडा, जुत्ता चप्पल, चकलेट र बिडी समेत गरी करिव १ लाख ४ हजार मुल्य बरावरको सामान र नेपालबाट भारततर्फ लादै गरेको करिव ३० हजार मुल्य बराबरको कस्मेटिक सामानहरु बरामद गरेको हो ।

बरामद भएका उक्त सामानहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईएको छ ।

२०७९ फाल्गुन २, मंगलवार प्रकाशित 1 Minute 569 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।