२०८१ बैशाख २० बिहीबार

गायिका जितु लोप्चनको स्वरमा ‘कोन्ज्यो’ सार्वजनिक

भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’सार्वजनिक भएको छ ।भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतमा राज दोङको शब्द र संगीत, सरोज लामाको एरेन्ज तथा मिक्सिङमा रहेको गीत सार्वजनिक भएको छ ।

प्रेममा रहेका युवा र युवतीले विचमा भएको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गरिएको छ ।

चित लामा निर्देशित र याङगेची लामाको सह निर्देशन गीतको भिडियोमा सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनय देख्न सकिन्छ । चित लामा र सन्दिप पाख्रिनको छायांकन तथा ड्रोन, एफ साइनिक फिल्मसको सम्पादन , रहेको छ । गीत को भिडियोलाई लाखे प्रोडक्सनको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

https://www.youtube.com/embed/DMXEG7pCehU

२०७९ फाल्गुन २, मंगलवार प्रकाशित 1 Minute 434 Views

ताजा समाचार