२०८१ बैशाख १७ सोमबार

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुन्छः आयुक्त भण्डारी

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी सालको वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।आईतवार निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा .सं.२०८० साल वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । नेपालका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले चितवन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १० उपनिर्वाचन हुनेगरी मिति निर्धारण गरेको बताउनु भयो ।

उहाँले चैत्र २० गते मनोनयन पत्र दाखिला गर्ने र दाबी उजुरीका प्रक्रिया २१ र २२ गते हुने र २३ गते अन्तिम नामावली प्रकाशनका साथै निर्वाचन चिन्ह वितरण गर्ने बताउनु भयो । उहाँले त्यसपछिको १५ दिन निर्वाचन प्रचारप्रसार गर्न पाउने र अन्तिमको ४८ घण्टाको समयमा भने कुनैपनि प्रचारप्रसारका कार्यक्रम गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा जब त्यहाँको निर्वाचन प्रक्रिया रद्ध गर्नेगरी सर्वोच्च अदालतबाट फैसला भयो, त्यो फैसलापश्चात त्यहाँ तत्कालै उपनिर्वाचन गर्नुपर्ने संविधानको बाध्यात्मक कानूनी व्यवस्था भएकाले आगामी २०८० साल वैशाख १० उपनिर्वाचन हुनेगरी मिति निर्धारण गरेर आयोगले आज निर्णय गरेको छ ।

निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ । चैत्र २० गते मनोनयन पत्र दाखिला गर्ने, दाबी उजुरीका प्रक्रिया पूरा गर्न १,२ दिन लाग्छ, २३ गते चाहीँ अन्तिम नामावली प्रकाशन गर्छौं र त्यही दिन नै निर्वाचन चिन्ह वितरण गर्नेगरी निर्णय गरिसकेका छौँ । त्यसपछि निर्वाचनको प्रचारप्रसारका अवधिहरु शुरु हुन्छ । अन्तिमको ४८ घण्टा शुन्य समय रहन्छ । १५ दिन निर्वाचन प्रचारप्रसार गर्न पाउनेगरी समय समेत निर्धारण गरेर कार्यतालिका प्रकाशन गरेका छौँ ।’

यसअघि निर्वाचित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै चितवन २ मा सांसद पद रिक्त भएको थियो ।

२०७९ माघ २९, आईतवार प्रकाशित 0 Minutes 294 Views

ताजा समाचार