झापा । मेचीनगर नगरपालिका वडा नं. २ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आज उद्धार गरिएको छ । उद्धार गरिएका ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ ।
स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आउनु भएको थियो । बन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिको कछुवाको संरक्षण आवश्यक रहेको बताउँदै महतको घरबाट ती कछुवा उद्धार गर्नु भएको हो ।

संरक्षणकर्मी लुइँटेलले डिभिजन बन कार्यालय झापालाई कछुवा उद्धार गरिएको जानकारी दिइसकेको बताउनुभयो । उद्धार गरिएका कछुवालाई डिभिजन बन कार्यालयमार्फत अर्जुनधारामा रहेको कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने उहाँले जानकारी दिनुभएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



