२०८३ जेष्ठ २१ बिहीबार

अध्यक्षमा उप्रेती र महासचिवमा देवान निर्वाचित

मेचीनगर । बाहुनडाँगीको मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको अध्यक्ष पदमा हरिप्रसाद उप्रेती निर्वाचित हुनु भएको छ ।

अध्यक्ष र महासचिव पदका लागि आज निर्वाचन भएको थियो । अन्तिम मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार उप्रेतीले ३४३ मत प्राप्त गर्दै बिजयी हुनु भएको हो ।

उहाँका प्रतिष्पर्धी टिकाराम सापकोटाले ३१८ मत पाउनु भएको थियो । उहाँहरुको मतान्तर मात्र २५ रहेको छ ।

यसैगरी, महासचिव पदमा मञ्जिल देवान ३६४ मतका साथ बिजयी हुनु भएको छ भने उहाँका प्रतिष्पर्धी शंकर लुइँटेलले २६८ मत पाउनु भएको थियो ।

निर्वाचनमा संस्थाको सदस्य रहेका हात्ती प्रभावित बाहुनडाँगीका ९५७ जना मतदाता थिए । जसमध्ये ६७७ मत खसेको थियो ।

२०८२ कार्तिक ३०, आईतवार प्रकाशित 0 Minutes 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।