२०८३ जेष्ठ २१ बिहीबार

दबाबपछि मेचीनगरमा हटाइएका कर्मचारीले निरन्तरता पाउने

मेचीनगर । चौतर्फी दबाब बढे पछि  झापाको मेचीनगर नगरपालिका करार, अस्थायी र ज्कयालादारी कर्मचारी हटाउने निर्णयबाट पछि हटेको छ । आज बिहान बसेको कार्यपालिका बैठकले यस अघि निस्कासन गरेका सम्पुर्ण कर्मचारीहरुलाई एकमुष्ट  पुर्नवहाली गर्ने निर्णय गरेको छ ।

संघीय सरकारको परिपत्र कार्यन्वयन गर्ने भन्दै असोज २९ गतेको कार्यपालिका बैठकले कम्तिमा १ सय ३८ जना करार,अस्थायी र ज्यालादारी कर्मचारीलाई  निष्कासन गरेको थियो ।

निष्कासनमा परेका कर्मचारी आन्दोलनमा उत्रिएका थिए भने सबैजसो राजनितिक दलहरूले कर्मचारी निस्कासनको विरोध गरेका थिए । सबैतिरबाट परेक चर्को दबाबका थाम्न नसके पछि निस्कासन गरिएका सम्पूर्ण कर्मचारीलाई पुर्नबहाली गर्न नगरपालिका बाध्य भएको हो ।

नगरपालिकाको आज बिहान बसेको कार्यपालिका बैठककले सम्पुर्ण निष्कासन गरिएका कर्मचारीलाई काममा निरन्तरता दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो । स्थायी पदपुर्ति हुँदा हालका करार,अस्थायी र ज्यालादारी कर्मचारीहरुको क्रमश बर्हिगमन हुने उहाँको भनाई छ ।

आन्दोलनरत कर्मचारीहरुका प्रतिनिधीहरुले समेत स्थायी कर्मचारी आए पछि आफुहरुले स्थान खाली गर्ने सहमती गरेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

२०८२ कार्तिक १७, सोमबार प्रकाशित 0 Minutes 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।