२०८३ जेष्ठ २१ बिहीबार

नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु

एकिन्द्र तिमिल्सेना

टीकापुर, कात्तिक ७ गते । कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यू भएको छ । रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरीया नदीमा पौेडी खेल्न गएका बालिकाहरुको डुबेर मृत्यू भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीका अनुसारका मृत्यु हुनेमा जानकी गाउँपालिका –५ नवलपुरकी १२ वर्षकी सुलोचना उपाध्याय, १० वर्षकी निषा बजगाई र ८ वर्षकी मानसी बजगाई हुनुहुन्छ ।

शुक्रबार मध्यान्ह कुलरियामा पौडी खेल्न गएकी बालिका डुबेपछि दुई जना उद्धार गर्न लागेकाले तीनै जना डुबेको बताइएको छ । स्थानीयले देखेपछि उद्धार गरी टीकापुर अस्पतालमा उपचारका लागि ल्याए पनि अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक बजगाई दिदीवहिनी हुन् । टीकापुर नगरपालिका –१ ब्लक नम्बर १० मा बस्ने बजगाई दिदीवहिनी तिहारको बेला मामाको घर गएकी थिइन । सुलोचना बजगाईकी मामाकी छोरी हुन् । बजगाई दिदीवहिनी जनजागृति मावि टीकापुरमा कक्षा ५ मा अध्ययनरत थिइन ।
गोरखापत्र अनलाइन

 

२०८२ कार्तिक ७, शुक्रबार प्रकाशित 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।