२०८३ जेष्ठ २१ बिहीबार

काठमाडौंको भीमसेन स्थानमा भीषण आगलागी

भीमसेन स्थानमा भएको आगलागी ।

काठमाडौं, असोज १३ गते । काठमाडौं महानगरपालिका भीमसेनस्थानमा भीषण आगलागी भएको छ । सिलिण्डर पड्केर सुरु भएको आगलागीबाट तीन–चारवटा घर जलेको जानकारी प्रहरीले दिएको छ ।

प्रहरी वृत्त जनसेवाका प्रहरी सहायक निरीक्षक रवि चरणका अनुसार, आगलागी भएको स्थानमा नेपाल प्रहरीको समन्वयमा दमकलबाट आगो निभाउने कार्य भइरहेको छ ।

प्रहरीका अनुसार, घटनामा मानवीय क्षति भएको जानकारी आएको छैन र के कति घरमा कति नोक्सान भयो भन्ने विवरण पनि प्राप्त भएको छैन । आगलागीको क्षेउमा मन्दिर पनि रहेको छ । अहिले सबैको ध्यान आगो नियन्त्रणमै केन्द्रित छ ।

राससका अनुसार, काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको हाे ।

नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आएको छ । क्षतिको विवरण सङ्कलन हुँदै छ ।”गोरखापत्र अनलाइन

 

२०८२ आश्विन १३, सोमबार प्रकाशित 1 Minute 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।