२०८३ जेष्ठ २१ बिहीबार

पूवीैनाकामा आवतजावतमा कडाइ

काँकरभिट्टा—भारतसँग जोडिएको झापाको मुख्य नाका काँकडभिट्टामा आवतजावतलाई कडाइ गरिएको छ । यो समयमा नाकामा आपराधिक गतिविधि हुन सक्ने भन्दै आवतजावतमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिए । ‘यस्तो वेलामा नाकामा आपराधिक गतिविधि हुन सक्छ । जेलबाट भागेका पनि भारततर्फ जान सक्छन् । त्यही भएर नाकामा कडाइ गरेका छौँ । आवतजावत छ  तर, कडाइ छ,’ उनले भने, ‘नेपाल र भारतका सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् ।’

नाकाको सुरक्षा व्यवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले कफ्र्यु आदेशका कारण नाकामा आवतजावत ठप्प भएको बताए ।

२०८२ भाद्र २७, शुक्रबार प्रकाशित 0 Minutes 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।