फाइल तस्बिर
काठमाडौँ, भदौ २६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले आन्दोलनका क्रममा हिरासतमा रहेका अभियुक्त र अदालतबाट तोकिएको सजाय भुक्तान नगरी कारागारबाट भागेका अभियुक्त र बन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी महानिरीक्षकको सचिवालयले यस्तो अनुरोध गरेको हो ।

महानिरीक्षकको सचिवालयले भनेको छ, ‘अनुसन्धानकाक्रममा हिरासतमा रहेका अभियुक्त र कैदी बन्दीलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी एकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयमा समेत यथाश्रीघ सम्पर्कमा आउनुहुन अनुरोध गरिएको छ।’गोरखापत्र अनलाइन
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



