२०८३ जेष्ठ २१ बिहीबार

संवैधानिक दायरामा रहेर निकासको खोजी : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौँ, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताउनुभएको छ ।

रामचन्द्र पौडेलले बिहीबार लिखित सम्बोधनमार्फत देशलाई कसरी निकास दिन सकिन्छ भनेर आफू प्रयासमा रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाली दाजुभाइ तथा दिदीबहिनीका नाममा एक लिखित सम्बोधनमार्फत् जारी गर्नुभएको बक्तब्यमा भनिएको छ, ‘‘आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भईरहेको विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुब्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दछु ।’’गोरखापत्र अनलाइन

 

२०८२ भाद्र २६, बिहीबार प्रकाशित 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।