२०८३ जेष्ठ २१ बिहीबार

एमाले नेता ऐन महर साइबर अपराध अभियोगमा प्रहरीमा उपस्थित

न्युज अफ नेपाल

काठमाडौं ।

एमाले केन्द्रीय सदस्य ऐन महर साइबर अपराध अभियोगमा बुधबार प्रहरीमा उपस्थित भएका छन्। एक महिलाको जाहेरीपछि साइबर ब्युरोको अनुरोधमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ अनुमति जारी भएपछि महर आफैं प्रहरीमा पुगेका हुन्। आजै उनलाई म्याद थपका लागि अदालतमा पेश गरिने एसपी दिपकराज अवस्थीले जानकारी दिए।

महर अनेरास्ववियु हुँदै एमालेको केन्द्रीय राजनीतिमा सक्रिय भएका हुन्। बझाङका महर पछिल्लो प्रतिनिधिसभा चुनावमा पराजित भएका थिए।

२०८२ भाद्र ११, बुधबार प्रकाशित 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।