२०८१ बैशाख १७ सोमबार

मेचीनगरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मेचीनगर । मेचीनगर नगरपालिका- १ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ ।

बुधवार दिउँसो साढे ३ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे २ प १५२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय वीरेन्द्र दर्जीलाई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

२०७९ माघ २६, बिहीबार प्रकाशित 1 Minute 410 Views

ताजा समाचार