२०८२ असार १० मंगलवार

स्थानीय सामुदायिक वन महासंघ मेचीनगरले ज्ञापनपत्र बुझायो

मेचीनगर । मेचीनगर नगरपालिकालाई आगामी बजेटमा साझेदारीमा कार्यक्रम गर्न माग गर्दै स्थानीय सामुदायिक वन महासंघ मेचीनगरले ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय सामुदायिक वन महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओली नेतृत्वको टोलीले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई बजेटमा साझेदारीमा कार्यक्रम गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

स्थानीय सरकारले सामुदायिक वनहरुलाई लिँदै आएको १० प्रतिशत कर हटाएर ५०÷५० प्रतिशतमा विभिन्न कार्यक्रम गर्न माग गरिएको अध्यक्ष ओलीले बताइन् ।

वन उद्यम, पर्यापर्यटन, गरिवी न्यूनिकरण, महलिा शसक्तिकरण र वन वातावरण क्षेत्रमा साझेदारी कार्यक्रम अन्तरगत ५०÷५० प्रतिशतमा काम गर्न माग गरिएको छ ।

‘सामुदायिक वनहरुले वन पैदावार बिक्री वापत प्राप्त हुने रकमको १० प्रतिशत सम्बन्धीत पालिकाको सञ्चीत कोषमा जम्मा गर्नु पर्छ’, वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले भने–‘पालिकाकाले लिने १० प्रतिशत कर खारेज हुनु पर्छ ।’

नगरप्रमुख बुढाथोकीले ज्ञापनपत्र बुझ्दै भने सरकारले वनहरु सामुदायिक वनका रुपमा जनतालाई जिम्मा दिएपछि संरक्षण र सुरक्षित भएको बताए ।

उनका अनुसार जनताले गोठालो गरेरै वन जोगाएको हो । कर र साझेदारी कार्यक्रमका विषयमा नगरसभामा छलफल गरेर निश्कर्षमा पुग्छौँ ।’

अध्यक्ष ओली नेतृत्वको टोलीमा मेचीनगरका १३ वटै सामुदायिक वनका अध्यक्षहरुको उपस्थिति रहेको थियो l

२०८२ असार १०, मंगलवार प्रकाशित 1 Minute 13 Views

ताजा समाचार