२०८३ जेष्ठ २१ बिहीबार

साढे तीन लाखको मोबाईल पार्टस तथा इलेक्ट्रोनिक्स सामान बरामद

काँकडभिट्टा / सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा नेपाल ल्याइएको मोबाईल पार्टस तथा इलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको छ । आज दिउँसो मेचीनगर ७ जोरसिमलस्थित पूर्व पश्चिम लोकमार्गमा सीमा सुरक्षा गुल्म काँकरभिट्टाको टोलीले ३ लाख ५५ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक शम्शेर बहादुर कार्कीको कमाण्डमा खटिएको ५ जनाको मोवाईल टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको मोवाईल पार्टस तथा ईलेट्रोनिक्स सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिए।

२०८२ असार ९, सोमबार प्रकाशित 0 Minutes 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।