२०८२ असार ५ बिहीबार

प्रेस क्लब मेचीनगरको १२ औँ स्थापना दिवसः पौडेल र उपरकोटी पुरस्कृत

काँकरभिट्टा । झापाको मेचीनगरमा रहेको प्रेस क्लब मेचीनगरको १२ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
क्लबको स्थापना दिवसका अवसरमा पत्रकारद्धय मुक्ति पौडेल र किशोर उपरकोटीलाई पुरस्कार सहित सम्मान गरिएको थियो । क्लबका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का सांसद विश्वप्रकाश शर्मा रहेका थिए ।

कार्यक्रम जनप्रतिनिधि,प्रहरी प्रशासन ,सञ्चारकर्मी र राजनीतिक सामाजिक व्यक्तित्चहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन क्लबका सचिव प्रविण अधिकारीले गरेका थिए ।

२०८२ असार ४, बुधबार प्रकाशित 0 Minutes 15 Views

ताजा समाचार