२०८१ बैशाख १८ मंगलवार

संयन्त्रको बैठक स्थगित,ओली सिधै प्रधानमन्त्री दाहाल भेट्न सिंहदरबार पुगे

 

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । विहिबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित भएको हो । संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्माबीचबीच सिंहदरबारमा छलफल भैरहेको छ । सत्ता गठबन्धनमा अविश्वास बढ्दै गएपछि दाहाल र ओली छलफलमा बसेका हुन् । पार्टी कार्यालयमा सचिवालय बैठककै बीच ओली सिधै प्रधानमन्त्री दाहाल भेट्न सिंहदरबार पुगेका हुन् ।

रास्वपाले सरकार छाडेपछिको परिस्थिति, सुदुरपश्चिम प्रदेश सरकारलगायतको विषयमा दुई नेताविच हुने बताइएको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता साझेदार दुई दलविच विवाद छ । माओवादी राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनुपर्ने पक्षमा छ । एमाले पूर्व सहमति अनुसार राष्ट्रपति आफुलाई दिनुपर्नेमा छ । कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक देखिएपछि एमाले नेतृत्व असन्तुष्ट छ ।

 

२०७९ माघ २६, बिहीबार प्रकाशित 1 Minute 207 Views

ताजा समाचार