सन्दीपको उत्कृष्ट प्रदर्शन : म्यान अफ द म्याचको प्रवल दाबेदार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१÷२२ को ४१ औं खेलमा ब्रिसबेन हीटसँगको उत्कृष्ट प्रर्दशन गरेका छन् । ब्रिसबेन हीटले सन्दीप सम्मिलित होबार्ट हरिकेन्सलाई १ सय ४५ रनको मध्यम विजयी लक्ष्य दिएको छ ।

द गाब्बा ब्रिसबेनमा टस हारेर ब्याटिङ थालेको हीटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । हिटका लागि विकेटकिपर लाचलान फेफरले ५१ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६९ रनको योगदान दिए । ज्याक वुडले १२ र विल प्रसविजले २१ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

होबार्ट हरिकेन्सका स्पिनर सन्दीपले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मिचेल ओवेनले २, राइली मेरिडिथ, थोमस रेजर्स र टिम डेविडले १-१ विकेट लिए

सन्दीपको चार ओभर यस्तो रह्यो

होबार्टले सन्दीपलाई छैटौं ओभरमा बलिङमा ल्याएको थियो । लाचलान फेफरलो छक्का प्रहार गर्दै सुरुवात गरेका थिए । दोस्रो बलमा सन्दीपले एक रन दिँदा तेस्रो बल ज्याक लेहमनलाई डट राखे । चौथो बलमा सन्दीपले ज्याक लेहमनलाई ९ रनमा एलबीडब्लू आउट गर्दै आफ्नो पहिलो विकेट लिए । पाँचौं बल साम हेजलेटलाई डट राख्दा अन्तिम बलमा एक रन दिए । सम्रगमा सन्दीपले आफ्नो पहिलो ओभरमा ८ रन खर्चेर १ विकेट लिए ।

नवौं ओभरमा सन्दीपले चार बल डट राख्दै मात्र दुई रन खर्चिए । पहिलो बल टम कपुरलाई एक रन दिएका थिए । लाचलानले दोस्रो बल डट खादा तेस्रो बलमा एक रन बटुले । त्यसपछिका तीनै बल सन्दीपले डट राखेका थिए ।

१३ औं ओभरमा सन्दीपले ८ रन खर्चेर १ विकेट लिए । सन्दीपले पहिलो र दोस्रो बलमा एक एक रन खर्चिएका थिए । तेस्रो र चौथो बल डट राखे । तर पाँचौं बलमा ज्याक वुडले लङअनमा छक्का प्रहार गरेका थिए । अन्तिम बलमा वुड १२ रनमा बेन म्याकडेर्मोटबाट क्याच आउट भए । सन्दीपले १५ औं ओभरमा ५ रन दिएर आफ्नो स्पेल सकाए ।

पहिलो बल लाचलानलाई एक रन दिँदा दोस्रो बल स्टीवन म्याकगिफिनडट राखे । तेस्रो र चौथो बलमा सन्दीपले एक एक रन खर्चिए । पाँचौं बल डट राख्दा अन्तिम बलमा दुई रन खर्चिए ।

जारी बिग ब्यासमा सन्दीपको प्रदर्शन

सन्दीप जारी बिग ब्यासमा १० खेलमा १० विकेट लिएका छन् । चार खेलमा विकेट लिन सकेका थिएनन् । पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिँदा चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध ४ ओभरमा ३९ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् ।

मेलबर्न स्टार्ससँग ४ ओभरमा ३२ र पर्थ स्कोचर्ससँग ४ ओभरमा ३९ रन खर्चिदा लगातार विकेट विहीन बनेका थिए । सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध ३ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । मेलबर्न रेनेगड्सविरुद्ध सन्दीपले ३।५ ओभरमा ३२ रन खर्चेर तीन विकेट लिएका थिए ।

ब्रिसबेन हीटविरुद्ध ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए । नवौं खेलमा सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका थिए ।