२०८२ जेष्ठ १६ बिहीबार

सञ्चारमैत्री भएन मेचीनगर नगरपालिका,सञ्चार ऐनका बारेमा कसैलाई छैन जानकारी —प्रेस क्लब मेचीनगरको गम्भीर आपत्ति

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले जारी गर्न लागेको ‘मेचीनगर सञ्चार ऐन’प्रति प्रेस क्लब मेचीनगरले एक विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति गरेको छ ।मेचीनगर क्षेत्रक पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरले नगरपालिकाले ल्याउन लागेको सञ्चार ऐनका बारेमा नगरपालिका स्वयमले गठन गरेको मेचीनगर सञ्चार प्रतिष्ठान , प्रेस क्लब मेचीनगर र नगरमा कृयाशिल सञ्चारकर्मीहरुलाई समेत सामान्य जानकारी समेत नदिएर लोकतान्त्रिक अभ्यासको समेत पालना नगरेको उल्लेख गरिएको छ ।नगरले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापन तथा स्थानीय सञ्चार माध्यामका विषयमा समेत मेचीनगर नगरपालिकाले अभिभावकीय भूमिकामा नभएर विभेद गरेको उल्लेख गरिएको छ ।नगरका सरकारी विज्ञापन स्थानीय सञ्चार माध्यामलाई उपलब्ध नगराएर नगरका कर्मचारी र जनप्रतिनिधिको फेसबुकबाट आफुखुशी सम्प्रेषण गरिएकोमा समेत गंभीर ध्यानाकषर्ण भएको उल्लेख गरिएको छ । क्लबका अध्यक्ष प्रकाश पौडेल र सचिव प्रविण अधिकारीद्धारा जारी विज्ञप्तिमा नगरपालिकाले ल्याउन लागेको सञ्चार ऐन र स्थानीय सञ्चार माध्यामका विषयमा सञ्चारकर्मीहरुका संस्था र सञ्चारकर्मीसँग बसेर आपसी समझदारीका आधार नीति नियम निमार्ण गर्न समेत माग गरिएको छ ।

२०८२ जेष्ठ १४, मंगलवार प्रकाशित 0 Minutes 98 Views

ताजा समाचार