२०८१ बैशाख १७ सोमबार

दाहाल र ओली बीच खटपट

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच पटकपटक भेटवार्ता भएपनि निष्कर्षविहिन बनिरहेका छन् । आगामी फागुनमा हुने राष्ट्रपतिको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने विषयमा कुरा नमिल्दा दुई शीर्ष नेतृत्व बीचको भेटवार्ता बैठकका लागि बैठकमा मात्र सिमित बनेको छ ।

केही दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीविच भेट बाक्लिएको छ । सरकार बनाउने समयमा एकमत भएपनि आसन्न राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री दाहालको बोली फेरिएपछि ओली र दाहालविच दिनहुँ जस्तो भेट र वार्ता भैरहेका हुन । बुधबार पनि बालकोटमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली बीचको भेट उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन सहमत भएपनि मुख्य विषयमा प्रवेश गर्न सकेन ।

राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा नेकपा एमाले र माओवादी केन्द्र बीच बेमेल छ । एमाले पूर्वसहमतिअनुसार राष्ट्रपतिको उम्मेदवार आफूले पाउनुपर्ने अडानमा छ । तर माओवादी नेतृत्व कांग्रेसले पनि विश्वासको मत दिएकाले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने पक्षमा छन् ।

गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएसँगै माओवादी र कांग्रेस बीच निकटता बढेको छ । यी दुई पार्टी बीच बढेको निकटतालाई लिएर एमाले नेतृत्व झकिस्एको धेरैको बुझाइ छ । तर एमाले नेतृत्व कसैसँग झस्किन आवश्यक नरहेको दाबी गरिरहेको छ ।

एमालेको पूर्ववत् सहमति कार्यान्वयन हुनुपर्ने अडान र कुनै पनि हालतमा एमालेलाई राष्ट्रपति दिन नहुने माओवादीको रणनीति देखिन्छ । दुबै पक्ष आ–आफ्नो अडानमा टस–को– मस नहुँदा पटकपटक गरिएका भेटवार्ता बैठकका लागि बैठकमा मात्रै सिमित बन्न पुगेका छन् ।

 

२०७९ माघ २५, बुधबार प्रकाशित 1 Minute 203 Views

ताजा समाचार