२०८३ जेष्ठ २१ बिहीबार

मेचीनगरमा ‘पुरुष सञ्जाल’ गठन, संयोजकमा मोहन काजी

मेचीनगर । मेचीनगर नगरपालिकाले लैङ्गीक हिंसा अन्त्यका लागि ‘पुरुष सञ्जाल’ गठन गरेको छ ।
यही बैशाख २४ गते मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको वैठकले लैङ्गीक हिंसा अन्त्यका लागि ‘पुरुष सञ्जाल’ को संयोजकमा मोहन काजी न्यौपानेलाई निर्णय गरिएको छ ।
संयोजक काजीको नेतृत्वमा १५ सदस्यीय ‘पुरुष सञ्जाल’ गठन गरेको हो । समितिको सचिवमा हिम्मत क्षेत्री तथा सदस्यहरुमा मनकुमार लिम्बु, हेमेन्द्र निरौला, केसाङ्ग लामा, अपूर्व डाँगी, रुपसागर अधिकारी, मञ्जिल देवान, कृष्ण श्रेष्ठ, तिलक श्रेष्ठ, थेसीस रुचाल, इश्वर रिजाल, गणेशबहादुर कार्की, सचेत घिमिरे रहेका छन् ।
१५ जनाको समितिमा एक जनापछि थप गरिने बताइएको छ ।
संयोजक काजी मेचीनगर–१० निवासी झापाका अग्रज पत्रकार हुन् । उनी ३० वर्षदेखि पत्रकारितामा सक्रिय रहिरहेका छन् । हाल उनी लोकतन्त्र पोष्ट अनलाइनका प्रधान सम्पादक, उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय सदस्य समेत हुन् ।
लैङ्गीक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत मेचीनगरमा लैङ्गीक हिंसा न्युनिकरणका लागि ‘पुरुष सञ्जाल’ गठन गर्ने निर्णय गरिएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।
यसैगरी नगरपालिका क्षेत्रभित्रका १५ वटै वडाबाट २ जना सदस्य रहने गरी वडास्तरीय ‘पुरुष सञ्जाल’ विस्तार गर्ने समेत निर्णय गरिएको महिला विकास अधिकृत जयन्ती खरेलले बताइन् ।
नयाँ समितिलाई लैङ्गीक हिंसा सम्बन्धी क्षमता र अन्तरक्रिया कार्यक्रमका लागि चाँडै तालिमको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।

२०८२ बैशाख ३१, बुधबार प्रकाशित 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।