२०८३ जेष्ठ २१ बिहीबार

सामाजिक अगुवा तथा झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेतले गरे आत्महत्या

मेचीनगर। बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् ।उनी झापाका युवा व्यवसायी र झापा गोल्डकपका पूर्वअध्यक्ष समेत हुन् ।

बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । घटनाको जानकारी पाएर आफू घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिए ।

प्रहरीले घटनास्थल सिल गरेको छ । मृतक बस्नेत दर्जनौँ सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए । कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए । उनी सयपत्री ट्रेड लिंक लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।

लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष थिए ।

२०८२ बैशाख २६, शुक्रबार प्रकाशित 0 Minutes 354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।